जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा


 


काठमाडौं। स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार राति एमएचपी एरेनामा सम्पन्न खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो ।

५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, स्पेनले अग्रता बचाउन सकेन ।

जर्मनीका फ्लोरियन विर्ट्जले निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पु¥याएका थिए ।

तर, ११९औं मिनेटमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पु¥याएका हुन् ।

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्