बेलायतको आम निर्वाचनमा लेबर पार्टीलाई बहुमत


 


एजेन्सी । बहुमतको आम निर्वाचनमा लेबर पार्टीले सरकार बनाउने भएको छ ।

आवश्यक ३२६ सिटको जित पार गरेसँगै लेबर पार्टीले सरकार बनाउन लागेको हो । जितपछि मध्य लण्डनमा बोल्दै लेबर पार्टीका नेत एवं आगामी प्रधानमन्त्री केयर स्टारमरले अब परिवर्तन गरेको बताए ।

६५० सिटको हाउस अफ कमन्समा लेबर पार्टीले ३७८ सिट जितिसकेको छ भने ऋषि सुनका नेतृत्वको कन्जरभेटिभ पार्टीले ८८ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ ।

उता लिबरल डेमोक्र्याट्सले ५० सिट जित्दा अन्य साना दलहरू पनि देखिएका छन् । अझै पनि एक सयभन्दा बढी स्थानको नतिजा आउन बाँकी नै छ ।

प्रकाशित मिति: २१ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्