सामूहिक कुटपिटबाट युवकको मृत्यु, दुई जना घाइते


 


फिदिम, असार २१ । पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

स्थानीय धनकुमार राईको घरमा बिहीबार धामी झाँकी नचाउने कार्यक्रम हेर्न आएका युवाहरूबीच कुटाकुट हुँदा घाइते भएका फिदिम १४ का ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।

युवकलाई दिनेश सहित २८ वर्षका पर्शुराम राई २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि.क.लाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए ।

कुटपिटका कारण सख्त घाइते भएका राईलाई उपचारका लागि तत्काल पाँचथर अस्पताल अस्पतालमा ल्याइएको थियो । घाइते भएका मध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

घटनबारे अनुसन्धान भइरहेको र कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्