गृहमन्त्रीविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने


 


काठमाडौँ । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ।

सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी छ। अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए। हेर्दाहेर्दैमा रहेको सुनुवाइमा बिहीबार जवाफी बहस सकिएको हो।

सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।

पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो। असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाएको हो।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्