गृहमन्त्री रवि लामिछानेविरूद्धको रिटमा आजै आदेश आउन सक्ने


 


काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा बिहीबार गृहमन्त्री लामिछाने पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन्।

जवाफी बहस सकिए आजै आदेश आउन सक्नेछ। यसअघि असार ७ गते देखि सोही इजलासले टुंग्याउने गरी रिटको सुनुवाइ भइरहेको छ। त्यसदिन हेर्दाहेर्दैमा राखिएको थियो।

मंगलबार रिटकर्ताका अधिवक्ता अनुपम भट्टराई र सहकारी पीडितका तर्फबाट जवाफी बहस भएको थियो।

यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दा हेर्दैमा राखिएको छ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्