एकैदिन १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ४० रूपैयाँ बढेको हो।
प्रकाशित मिति: २० असार २०८१, बिहिबार