मनसुनसंगै ७३ जिल्लामा फैलियो डेंगु


 


काठमाडौँ । डेंगु संक्रमण ७३ जिल्लामा फैलिएको पाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

महाशाखाका अनुसार जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जसलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ ।
मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्