एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने


 


काठमाडौँ, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दिएको समर्थन यथावत् राख्ने भएको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको नेतृत्वमा नयाँ समीकरण बन्ने भएपछि अल्पमतमा परेको सरकारलाई एकीकृत समाजबादीले भने समर्थन यथावत राख्ने जनाएको हो ।

प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरूले राजीनामा नदिने बताइएको छ । बर्तमान सरकारमा समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री छन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई राजीनामा गराइसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु राजीनामा दिने तयारीमा छन् । आजै साँझ अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरुले पनि राजीनामा दिँदैछन् ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्