गोली प्रहार गरी सुनको सिक्री लुट्ने दुई जना पक्राउ


 


धनुषा, असार २० । महोत्तरीको गौशालामा गोली प्रहार गरी सुनको सिक्री लुटने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौशाला–११ का ३८ वर्षीय विनयकुमार सिंहलाई गत जेठ २८ गते गोली प्रहार गरेर सिक्री लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिंहलाई गोली प्रहार गरेको आरोपमा धनुषा सबैला–९ का ४७ वर्षीय शशीशंकर कापर र महोत्तरी भंगहा–२ का ३० वर्षीय आशिषकुमार कंजिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले बताए ।

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना, चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी चार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी फरक फरक घटनामा संलग्न अपराधी र अपराधमा प्रयोग भएको हतियार, मोटरसाइकल बरामद गरी सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्