जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी


 


मकवानपुर, असार २० । मकवानजपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै घरका सात जना विरामी परेका हुन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बिरामी हुनेमा ६५ वर्षकी मंगली मायाँ स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीय पासाङ मायाँ स्याङ्तान र उनीहरुका सात वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन् । तीमध्ये लासाङको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्