एकीकृत समाजवादीले आज नेतृत्व चयन गर्ने


 


काठमाडौँ, असार २० । नेकपा (एकीकृत समाजवादी)ले आज नेतृत्व चयनका लागि आज निर्वाचन गर्दैछ ।

जारी १०औं महाधिवेशनमा शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व चयन गर्ने प्रयास भइरहेको भएपनि सहमति जुट्न सकेको छैन । अन्तिमसम्ममा सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी गरिएको हो ।

अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ ।

असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन आज नेतृत्व चयन गर्दै समापन हुनेछ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्