बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै


 


काठमाडौं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

उनीहरूले बालुवाटार पुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकारबाट रास्वपाका मन्त्रीहरुले पनि राजीनामा गर्न लागेपछि प्रधानन्त्री प्रचण्ड थप दवाबमा परेका छन् ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्