अध्यक्ष ओली आज बुटवल जाँदै, एसईई उत्तीर्ण विद्यार्थीका अनुभव सुन्ने


 


काठमाडौं, असार २० । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) बुटवल जाँदैछन् ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन ओली बुटवल जान लागेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले यस वर्षको एसईईमा ३.६ जीपीएभन्दा माथि अंक ल्याई उत्तीण हुने १ हजार २८ जना विद्यार्थीलाई अध्यक्ष ओलीले सम्मान गर्ने कार्यक्रम राखिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

कार्यक्रम दिउँसो १२ बजे बुटवल रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा कार्यक्रम हुनेछ ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पार्टी सचिव पदमा अर्याल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्