रास्वपाका महामन्त्री ढकाल पदबाट निलम्बित


 


काठमाडौं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकाललाई निलम्बन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको हो ।

रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको भन्दै महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको निर्णयमा उल्लेख छ ।

महामन्त्री ढकाललाई बुधबार नै थमाइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख गरिएको जनाइएको छ ।

महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

ढकाललाई महामन्त्री एवम् प्रवक्ताबाट निलम्बन गरेपछि कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । साथै बैठकले प्रवक्ताको जिम्मेवारी नेता मनिष झालाई दिएको छ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्