रास्वपा पनि आज सरकारबाट बाहिरिँदै


 


काठमाडौं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकार छाड्ने भएको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले सरकार छोडेपछि रास्वपाले पनि आज सरकारबाट बाहिरिने तयारी गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीबाट सरकारमा गएका सबै मन्त्रीहरु फिर्ता हुने बताए ।

सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा गत फागुनमा प्रचण्ड सरकारमा सहभागी भएको थियो ।

रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री लामिछानेसहित चार जना मन्त्री छन् ।

रास्वपाले नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्