एमाले मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा


 


काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुधबार बेलुका बालुवाटार पुगेर राजीनामा बुझाएका छन् ।

उनीहरूले निवासमै पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामुिहक राजिनामा बुझाएका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता गरेको भन्दै राजीनामा दिएको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्