कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबल कुलबिन्दरको सरुवा


 


एजेन्सी । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ ।

कन्ष्टेबल कौरले रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हानेकी थिईन् । महिलाको साथमा उनका पतिको पनि सरुवा भएको बताइएको छ।

विमानस्थलमा कंगनालाई थप्पड हानेपछि ती महिला निलम्बनमा परेकी थिइन् । अहिले आएर उनको निलम्बन फुकुवा गरेर जागिरमा बहाल गरिएको छ ।

तर कौरलाई बैंगलुरु सरुवा गरिएको बताइएको छ । कंगनालाई थप्पड हानेपछि सीआईएसएफ कन्ष्टेबलको एउटा भिडियो आएको थियो ।

त्यसमा उसले थप्पड हान्नुको कारण बताएकी थिइन् ।

कंगनाले सयरसय रुपैयाँ लिँदै किसान आन्दोलनमा महिलाहरू बसेका छन् भन्ने अभिव्यक्ति दिएको समयमा आफ्नी आमा पनि आन्दोलनमा जाने गरेको ती महिलाको भनाइ थियो ।

लोकसभा निर्वाचनमा कंगना निर्वाचित भएलगत्तै थप्पड काण्ड भएको थियो ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्