दुर्घटनामा १८ जना बालबालिकाको मृत्यु


 


एजेन्सि , माघ ६

भारत उत्तरप्रदेशको एटा भन्ने स्थानमा आज बिहान भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको थियो ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ । सूचना पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल र्पुयाएको थियो । बस बच्चालाई लिएर स्कुल जाँदै थियो । जाडो मौसममा अन्य सबै बिद्यालय बन्द भएपनि यस बिद्यालय भने खुलेको थियो ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्