रास्वपा महामन्त्री ढकालले भने – मैले बिहे गर्ने कि नगर्ने निर्णय पार्टीले नै गरोस्


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री ढकाले सार्वजनिक गरेका हुन् ।

महामन्त्री ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरे।

महामन्त्री ढकालले प्रस्तावमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान गरिएको भए हुन्थ्यो। म जान पाइन, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि , सायद मुकुल ढकालसँग जोडिएको विषय हो , कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’

महामन्त्री ढकालको प्रतावमा सभापतिमा रवि लामिछाने रहे पनि पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी नै रहन दिनुपर्ने उल्लेख छ।

केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए । तर उनले बोल्न पाएका छैनन् ।

उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताए।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्