काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक !


 


काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिँदा दुईजना सवार मोटरसाइकल डुबेको छ ।

बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडक बीच भागमा भासिएको हो ।

मोटरसाइकलमा दुई जना सवार रहेको उनीहरु सकुशल बाहिर निस्किएका थिए । खाल्डोमा परेको मोटरसाइकल पूर्ण रूपमा डुबेको थियो ।

मोटरसाइकललाई क्रेनबाट बाहिर निकालिएको बताइएको छ ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्