एकीकृत समाजवादीको महाधिवेशन : आज दस्तावेजमा आएका सुझाव पेस हुने


 


काठमाडौँ, १९ असार । नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

१२ समूह बनाएर गरिएको छलफलबाट आएका सुझाव आज बस्ने बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

एक हजार ८४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनले भोलिसम्ममा नेतृत्व चयन गर्ने जनाएको छ ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्