कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


 


काठमाडौं, असार १९ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

नयाँ सत्ता समीकरणमा एमालेसँग भएको पछिल्लो समझदारीका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठक विहान ९ बजे सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्