प्रधानमन्त्रीले थप मन्त्रीमण्डल विस्तार गर्दै


 


काठमाडौं ,माघ ६

नयाँ सरकार गठन भएको पाँचमहिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद थप विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन  ।

संसदमा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन विधेयक पारित गराउने रणनीति स्वरुप प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने साना दललाई सरकारमा सहभागी गराउन लागेका हुन  ।

प्रधानमन्त्री दाहालले आज दिउसो २ बजे पछि साना दलका दुइ सांसदलाई पद तथा गोपनियताको सपथ खुवाउनु हुने कार्यक्रम रहेको छ । यो सँगै मन्त्रीमण्डल ४३ सदस्यीय हुने छ । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला तथा बालबालिका मन्त्रालय पाउने तय भएको प्रधानमन्त्री नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा लैजाने र राप्रपाका मन्त्री थप गर्ने तयारी गरेपनि दुवै दलले तत्काल सरकारमा मन्त्री नपठाउने भएपछि प्रधानमन्त्रीले साना दलका तर्फबाट सिंह र खड्कालाई मन्त्री बनाउन लागेका हुन  ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्