सर्वोच्चका लागि सिफारिस दुइ न्यायधिशको सुनुवाई हुदै


 


काठमाडौं ,माघ ६

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुइ न्यायधिशको सुनुवाइ प्रक्रिया आज हुदै छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई आज हुन लागेको हो । केसी र भण्डारीको सम्बन्धमा तीनवटा उजुरी परेको संसदीय सुनुवाई समितिले जनाएको छ ।

बिहान ११ बजेपछि सुरु हुने सुनुवाई समितिको बैठकमा दुवैजनाले आफ्नोविरुद्ध परेको उजुरीबारे जवाफ दिनुका साथै भावी कार्ययोजनाबारे पनि जानकारी गराउने छन  । सुनुवाई पछि समितिले नियुक्तिका लागि सिफारिस गर्ने नगर्ने निर्णय गर्नेछ ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्