उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई


 


काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् ।

जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार टेलिफोन संवादमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भयो । साथै, दुई मुलुकलाई साझा रुपमा फाइदा हुने विषयमा सहकार्य गर्दै अघि बढाउने बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्