दुर्घट्नामा एक जनाको मृत्यु


 


चितवन, माघ ६

पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा आज नम्बर प्लेट नखुलेको गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्तिको मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । आज बिहान करिब ३ बजे घलेलाई टाउकोमा ठक्कर दिएकोले शवको पहिचान गर्न समस्या भएको बताए  ।

गाडी पनि पहिचान हुन नसकेको भन्दै  अनुसन्धान भइरहेको बताए  । अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ । भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए  ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्