नक्कली भुटानी शरणार्थी मुद्दामा प्रतिक थापा जेल चलान
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा जेल चलान भएका छन् ।
जिल्ला अदालत, काठमाडौंले उनलाई मगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
एक वर्षसम्म फरार रहेका थापालाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
तीन दिन चलेको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलाशले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो ।
बादल गृहमन्त्री हुँदा उनले बिचौलियाहरुसँग करोडौं लिएको प्रहरीको अभियोग छ ।
प्रकाशित मिति: १८ असार २०८१, मंगलबार