किन कांग्रेस पार्टी कार्यालय सानेपा पुगे प्रधानमन्त्री प्रचण्ड ?


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ सानेपा पुगेका हुन् ।

कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका थिए । त्यसपछि दुई नेताले प्रदर्शनीको अवलोकन गरेका थिए ।

नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्