एआइजीमा पोखरेलको बढुवा अन्योलमा


 


काठमाडौं । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएसँगै प्रहरी संगठत पनि तरंगित भएको छ ।

कांग्रेस–एमालेको सरकार बन्ने भएपछि कांग्रेस निकट प्रहरी अधिकारीहरु उत्साहित भएका छन् ।

केपी ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले गृहमन्त्री पाउने बताइएको छ ।

साथै सरकार ढलसँगै एक साताअघिको बढुवा सिफारिस समेत कार्यान्वायन हुने–नहुनेमा आशंका व्यक्त गरिएको छ ।

गत १० असारमा डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो ।

१९ गतेबाट एआइजी उमेशराज जोशीले अवकाश पाएर रिक्त हुने पदमा उनको सिफारिस भएको थियो । उमेरहदका आधारमा पोखरेलले पनि २१ असारमा अवकाश पाउँदैछन् ।

त्यसकारण १९ गते नै उनको बढुवाको निर्णय भइसक्नुपर्ने हुन्छ । २० असारको बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ ।

तर, एमालेले समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा अब प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएर बढुवाको निर्णय गर्छन् कि गर्दैनन् भन्ने आशंका छ ।

त्यसकारण पोखरेलको बढुवा पनि अन्योलमा परेको छ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्