गिरिजाबाबु कै कारण देशमा गणतन्त्र आयो : शेरबहादुर देउवा


 


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीका क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारू व्यक्तित्व रहेको बताए।

उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे।

सभापति देउवाले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे।

सभापति देउवालेगिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्