राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ ।

सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज पदाधिकारी बैठक बोलाएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्