जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य : प्रकाशशरण महत


 


काठमाडौं । आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ।

आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागिएको बताए।

सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतिमा हस्ताक्षर भएको प्रवक्ता महतको भनाई छ।

प्रवक्ता महतले संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने सहमति पनि बनेको बताए । उनले आवश्यकताअनुसार अन्य दललाई पनि सरकारमा ल्याउन छलफल गरेर अगाडि बढ्ने बताए।

उनले अस्थिरता लामो समयदेखि देखिएकाले कांग्रेस र एमाले एकै ठाउँमा आउनुपर्ने आवश्यकता देशमा देखिएकाले नयाँ समझदारी बनेको स्पष्ट पारे।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्