सामुहिक राजीनामा बुझाउँदै एमालेका मन्त्रीहरु, अल्पमतमा प्रचण्ड


 


काठमाडौं । नयाँ सत्ता समिकरण बन्ने भएपछि नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिँदै छन् ।

सोमबार राति कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि उनीहरुले आज सामुहिक राजीनामा दिने तयारी गरेका हुन् ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्गप्रशस्त गर्ने कांग्रेस-एमालेको विश्वास छ।

एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा आठ मन्त्री सहभागी छन् । सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।

योसँगै संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको छन् ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्