यी दुई, अाज मन्त्री बन्दै


 


काठमाडौँ, माघ  ६

वर्तमान सरकारमा अाज दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्न लागेका हुन् ।

सांसद खड्काले आफूहरुको पार्टीको सिफारिसबमोजिम प्रधानमन्त्रीले आज मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिसमक्ष पठाएकाे जानकारी दिए । उनिहरूलार्इ अाज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने कार्यक्रम रहेकाे छ ।

प्रचण्ड नेतृत्वकाे सरकारकाे अायु करिब–करिब सकिन लागेकाे चर्चाका बिच एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

अहिले प्रचण्ड सरकार ४१ सदस्यीय छ । प्रचण्ड सरकारका २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ ।

प्रचण्ड अाफ्नाे सरकारकाे अायु थप बढाउन र संविधान संशाेधन विधयेक पास गराउन इतिहासकै जम्बाे सरकार गठन गर्न पनि तयार रहेकाे बुझिएकाे छ । यसका लागि दूतहरू सक्रिय भएका छन् भने कमल थापा र विजय गच्छदारसँग छलफल समेत चलाइरहेका छन् ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्