प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा


 


काठमाडौं, असार १८ । कांग्रेससँग सरकार बनाउने सहमति गरेका एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

कांग्रेससँग मध्यरातमा भएको सहमतिबारे जानकारी गराउन ओली बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा ओलीले आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने र बदलिएको परिस्थितीलाई सहजीकरण गर्न प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गरि दिन आग्रह गर्ने बताइएको छ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्