कांग्रेस–एमाले गठबन्धनलाई समर्थन छ : उपेन्द्र यादव


 


काठमाडौँ, असार १८ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्दा पनि नयाँ समीकरणलाई समर्थन रहेको बताएका हुन् । माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो ।

माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए । जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्