रास्वपाको सचिवालय बैठक बस्दै


 


काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक अहिल बिहान ९ बजे संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमाले गठबन्धन छोडेर कांग्रेससंंग सहकार्य गर्न गएपछि बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भइसकेको छ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्