एमालेले बोलायो सचिवालय बैठक


 


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

दिउँसो ३ बजे बस्ने बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

दुई ठूला दल कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्