एसईई पूरक परीक्षाको तालिका सार्वजनिक


 


काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

असार १६ गतेको बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट धधध.कभभ.नयख.लउ बाट डाउनलोड गरी भर्न सकिनेछ ।

कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्