एमालेका मन्त्रीहरूले राजीनामा दिँदै


 


काठमाडौं, असार १८ । नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएपनि मंगलबार एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि एमाले मन्त्रीहरू राजीनामा दिन तयारी भएका हुन् । मन्त्रीहरुको राजीनामासंगै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा आजै नयाँ सरकार गठन हुने सम्भावना रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्