देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक


 


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेका छन् ।

एमालेसँग सत्तासहकार्य गरेर अघि बढ्ने नयाँ राजनीतिक परिस्थितिपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक अहिले बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बोलाइएको छ । बैठकमा एमालेसँग भएको सहमति अनुमोदनको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।

एमाले र कांग्रेसबीच गएराति दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्नेलगायत विषयमा सहमति जुटेको छ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्