प्रचण्डले डाके पार्टीको हाई–कमाण्ड बैठक, राजीनामा नदिने मुड


 


काठमाडौं, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र कांग्रेसले सरकार बनाउने सहमति गरेपछि पार्टीको हाइकमाण्ड बैठक बोलाएका छन् ।

अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिनको लागि प्रधानमन्त्री दाहालले आजै विहान बालुवाटारमा हाई कमाण्ड बैठक बोलाएका हुन् । यस्तै प्रचण्डले तत्काल राजीनामा नदिने मुड बनाएका छन् ।

कांग्रेस र एमालेले नयाँ सरकार बनाउनको लागि सहमति गरेपनि आफूले विश्वासको मत लिनको लागि ३० दिनको समय पाउने भएकोले तत्काल राजीनामा नदिने मुडमा उनी पुगेका छन् ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछानेबीच सोमबार राति अबेरसम्म कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले राजीनामा नदिए सरकार गठनमा विलम्ब हुने आशंकासहित कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँगपनि सोमबार मध्यराति भेटेरै परामर्श गरेका थिए । सो भेटमा एमाले नेताहरुले सरकार गठन गर्दा संविधानको धारा ७६ को २ अनुसार नै आह्वान हुनुपर्ने कुराको विश्वसनीयता खोजेका थिए । राष्ट्रपति पौडेलसँगको भेटपछि एमाले नेतृत्वले कांग्रेससँग सत्ता सहकार्यको सहमतिपत्रमा हस्ताक्षर गरेको दाबी गरिएको छ ।

यस्तै प्रचण्डले ओलीले कांग्रेससंग सहकार्य हुन नसक्ने भनेर आफूहरुलाई झुक्याएको निश्कर्ष समेत निकालेका हुन् ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्