कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री बन्दै


 


काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ ।

सोमबार मध्येराति दुई दलबीच सत्ता सहकार्य गर्ने विषयमा सहमति भएको हो । राष्ट्रपतिको राहबरमा भएको भनिएको सहमतिमा ओलीले पहिले सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले बतायो । जस अनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने छ ।

सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमति अनुसार प्रदेशको पनि भागबण्डा गरिएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम कांग्रेस र कोशी, लुम्बीनी र कर्णाली एमालेको मागमा परेको छ । मधेश प्रदेश भने मधेश केन्द्रीत दललाई दिने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्