उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घर विस्थापित


 



काठमाडौं । भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ ।

   काचिन राज्य सरकारका एक सदस्यले भन्नुभयो, “उद्धार कार्य जारी छ । प्रभावित बासिन्दाहरूलाई यस क्षेत्रका ३० विद्यालय, चर्च र गुम्बाहरूमा अस्थायी आश्रयमा सारिएको छ ।” 

   स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण माइट्काइना र वाइङ्माव सहरमा एक हजारभन्दा बढी मानिस फसेका छन् ।

   मौसम तथा जल विज्ञान विभागले सोमबार दिएको जानकारीअनुसार मित्किना नगरपालिकाको अय्यारवाडी नदी खतराको सङ्केतभन्दा करिब पाँच फिट माथि बगेको छ । 

   आगामी दुई दिनमा नदीको बहाव अझै दुई फिट बढ्ने र माइट्काइना टाउनसिपको खतराको सङ्केतभन्दा माथि रहने अनुमान गरिएको छ ।  

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्