भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी


 



नयाँदिल्ली । कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही, लस्सी, नाडी घडीहरू, ३२ इन्चसम्म टिभी, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन जस्ता प्रमुख वस्तुहरूमा जिएसटी दरहरू पर्याप्त रूपमा घटाइएको छ । यसले मुलुकका जनतालाई फाइदा पुयाएको छ ।

वित्त मन्त्रालयको एक अध्ययनले उपभोक्ताहरूले जिएसटीपछि आफ्नो घरायसी मासिक खर्चको कम्तिमा चार प्रतिशत बचत गरेको जनाएको छ । यसरी अहिले उपभोक्ताले दैनिक उपभोग्य वस्तु जस्तै अनाज, खाने तेल, चिनी, मिठाई र खाजामा कम खर्च गर्ने गरेका छन् ।

भारतको इतिहासको प्रमुख कर सुधार वस्तु तथा सेवा कर ९जिएसटी० सोमबार सात वर्ष पूरा भएको छ । जिएसटी सन् २०१७ जुलाई १ मा लागु गरिएको थियो । सरकारले अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको करको दर क्रमशः घटाएको छ ।

जिएसटी काउन्सिलमा राज्यहरू र केन्द्र शासित प्रदेशहरूको सहमतिमा निर्णयहरूको दायरा लिइएको छ । यसबाट घरपरिवारहरूलाई एक वा अर्को तरिकामा फाइदा पु¥याएको थियो । जिएसटी काउन्सिलले घरायसी बजेटलाई समर्थन गर्दै दैनिक प्रयोगका प्रमुख उपभोग्य वस्तुहरूमा समय–समयमा करहरू घटाएको छ ।

पहिलै अन्तःशुल्क, सेवा कर, मूल्य अभिवृद्धि कर, खरिद कर, मनोरञ्जन कर जस्ता धेरै करहरू हुँदा उपभोक्ताहरूमा बहु तहको बोझ थियो ।

जिएसटीले ठूलो कर र धेरै उपकरहरू पनि समावेश गरेको छ । यसले भारतभर करको संरचनामा एकरूपता ल्याएको छ भने करहरूको व्यापक प्रभाव समाप्त भएको छ । 

जिएसटीअन्तर्गत व्यवसायहरूले दोहोरो करबाट बच्न, इनपुटमा तिरेको करको लागि क्रेडिट दाबी गर्न सक्छन् ।

पहिलेको व्यवस्थामा दर, कानुन र प्रक्रियाको बहुलता थियो । यसले भारी अनुपालन बोझ निम्त्याएको थियो भने वस्तुको अन्तरराज्यीय ढुवानीमा अवरोध खडा गरेको थियो । 

सन् २००० मा तत्कालीन सरकारले जिएसटीको अवधारणा बनाएको र जिएसटी  मोडेल डिजाइन गर्न समिति गठन गरेको थियो ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्