कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश


 


काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्