झलनाथ खनालको दस्ताबेज : यस्तो छ नेपाली विशेषताको समाजवादी कार्यक्रम (पूर्णपाठ)


 


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले हिजोका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गरेका छन् ।

काठमाडौँमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा गत जेठ १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम पेस गर्दै त्यस्तो बताएका हुन् ।

‘हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागु भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अंग बन्छन् र बनाउनुपर्छ । तर, कार्यक्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ,’ खनालको दस्ताबेजमा भनिएको छ ।

नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने दस्ताबेजमा खनालले बताएका छन् । उनले नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको पनि उल्लेख गरेका छन् ।

‘अब हिजोका कुनै पनि कार्यक्रमहरूको ‘रक्षा र विकास’ गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन । हामीले बिलकुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिलकुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ’ खनालको ६५ पृष्ठ लामो दस्ताबेजमा भनिएको छ ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्