शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा


 


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने घोषणा गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताईन्।

शिक्षामन्त्री श्रेष्ठले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्र्तवार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् । शिक्षामन्त्री श्रेष्ठले एसईई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् ।

ले एसईईमा विद्यार्थी अनुत्तिर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन् ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्