होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने


 


काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

यसै गरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरु बीच निकै रुचाईएको यस होटलमा Sauna,Steam, swimming pool, fitness center लगायतको सुविधा रहेको छ । ग्रहकहरुको सेवाको लागी सोही परिसरमा दुईवटा रेष्टुरेन्ट रहेको छ ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्