विराटनगरमा कुटपिट गरी एक महिलाको हत्या, होटल सञ्‍चालक पक्राउ


 


मोरङ । विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले होटल सञ्‍चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्‍चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेका छन् ।

शनिबार बेलुका होटल सञ्‍चालक महिला लिलादेवीले सोही ठाउँ बस्‍ने बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइलाई कुटपिट गरेकी थिइन् ।

घरमा लगेको केही समयपछि उपचारका लागि कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको पोस्टमार्टमपछि थप विषय खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्